संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा गरेको छ।
संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा गरेको छ।
हमास कमान्डरलक्षित इजरायली आक्रमणमा शरणार्थी शिविरमा आश्रित दर्जनौँ नागरिकले ज्यान गएको थियो। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै यो आक्रमणको भर्त्सना गरेका हुन्। “गाजाका जनतामाथि यो पछिल्लो ज्यादती हो, यहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा दक्षिण इजरायलमा गरेको आक्रमणमा १ हजार ४०० जनाको मृत्यु भएको थियो। त्यसको प्रतिक्रिया स्वरूपले इजरायलले गाजा क्षेत्रमा लगातार आक्रमण गर्दै आइरहेको छ। जसका कारण गाजामा अहिलेसम्म ८ हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमासलाई सिध्याउने प्रण गरेको इजरायलको आक्रमणमा गाजाका सर्वसाधारणले ज्यान गुमाइरहेका र मानवीय अवस्था दयनीय बन्दै गएकोप्रति संसारभरिबाट चिन्ता व्यक्त गरिएको छ। खाना, इन्धन, पिउने पानी र औषधि अभाव भइरहेको छ भने अस्पतालहरूले घाइतेहरूको उपचार गर्न संघर्ष गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
