सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए।
चितवन– चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन्। सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो। सो म्याद बिहिबार सकिँदैछ। “शुक्रबारदेखि घरटहरा भत्काउन थाल्छौँ”, उनले भने। उक्त ठाउँमा सिँचाइ विभागको दुई बिघा १० कट्ठा तथा हुलाकको पाँच कट्ठा जग्गा छ। विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो।
“तत्कालीन समयमा १० वर्षका लागि राखिएको पाइएको छ, जग्गाको स्वामित्व भएका दुई कार्यालयले खाली गरिदिन पत्राचार गरेपछि सहजीकरण गर्न लागेका हौँ,” प्रमुख लामाले भने। सो ठाउँमा शुरूआतमा दुई सय २३ परिवार बसेका थिए। पछि केही पुरानै ठाउँमा फर्किएपछि हाल सो ठाउँमा एक सय ४६ परिवारको बसोबास छ।
प्रमुख लामाका अनुसार १७ परिवार मात्रै भूमिहीन रहेका छन्। उनीहरूलाई विकल्प दिएर खाली गर्न लागिएको उनको भनाइ छ। भूमिहीनलाई राप्ती–७ मा जग्गा दिनका लागि राष्ट्रिय भूमि आयोगसँग छलफल गरिएको प्रमुख लामा बताउँछन्। उनले सो ठाउँमा घर बनाउनका लागि नगरपालिकाले एक करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए।
सो ठाउँमा अधिकांश थारू समुदायको बसोबास रहेको छ। थारू कल्याणकारिणी सभा (थाकस) चितवनले थारू समुदायको घर नभत्काउन आग्रह गरेको छ। सभाले विज्ञप्ति जारी गरी विना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरूलाई आग्रह गरेको छ। थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
