नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताए।
काठमाडाैँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन्।
बिहीबाको प्रतिनिधि सभाको बैठकलाई नेपाली कांग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताए। उनले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने भन्दै संविधान सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उल्लेख गरे।
उनले संविधान सफल पार्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्नेमा जोड दिए। उनले संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे।
उनले भने, "यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन्। पुराना राजनीतिक दलहरू बेठिक हुन्, यि अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ। यो देशका लागि खतरा छ । यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ। यसले मुलुक ठिक ठाउँमा पुग्दैन। हामी राजनीतिक दलहरू यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी छ। कतिपय प्रायोजित कुरा छन्।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
