रङ मिसिएका झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए।
बागलुङ– तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ। रङीचङ्गी झिनियाँमा मिसाइने रङ स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ। तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ। तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरू निकै व्यस्त भएकाले रङ प्रयोग नगर्न सरोकारवालाले सचेत गराएका छन्।
रङ नहाली झिनियाँ रोटी बनाउन र उपभोक्तालाई पनि रङ नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ। तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रूपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थाले पनि रङ मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
उनले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनियाँ मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताए। रङ मिसिएका झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए।
चाडपर्वको समयमा नेपालीहरुले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्याधिक रङ प्रयोग गर्ने गरेकाले यसले जोखिम निम्त्याउने उहाँले बताए। “जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिन्छ, हामीले रङ मिसाएको खाद्य वस्तुलाई अखाद्य भन्दै आएका छौँं” प्रमुख श्रेष्ठले भने, “रङ राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको विकास गर्छ, त्यसैले रङिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ, उपभोक्तालाई समेत रङ मिसाइएको झिनिया खरिद नगर्न हाम्रो आग्रह छ।”
तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ मिसाउदा क्यान्सरको जोखिम बढाउने छ।
एक केजी खाद्यपदार्थमा शुन्ना दशमलव दुईग्राम भन्दा बढी रङ प्रयोग गर्न नमिल्ने कानूनी व्यवस्था रहेको उनले जानकारी दिए। उपभोक्तामा रङ मिसिएका झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो। उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका–१ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताइन्। उनले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भनेअनुसार रङ प्रयोग गर्ने गरेको जानकारी दिइन्।
रङ प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रूपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजिरोटी गुम्ने भएकाले विस्तारै रङको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
