पहिले स्थानीय ऊन कातेर घरमै हातले बुनेका फेटा बाँध्ने परम्परा थियो। तर त्यो जीवनशैली क्रमश: इतिहास बन्दै छ।
जुम्ला– संघीय नेपालको कर्णाली प्रदेश प्रवेश गर्न संघीय राजधानी काठमाडौँबाट सडकमार्गको करिब ६५० किलोमिटर दूरी पार गर्नुपर्छ।

काठमाडौँबाट प्रवेश गर्दा मुखमै आउँछ प्रदेश राजधानी सुर्खेत। तर त्यहाँबाट दैलेख, कालिकोट हुँदै जुम्ला पुग्दा कर्णालीको बदलिँदो अनुहार खुल्दै जान्छ।

सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्ग भएर यात्रा गर्दा जुम्लाको तिला गाउँपालिका खण्डको तिला नदीमा तुइन झुण्डिइरहेको देखिन्छ। तुइनसँगै पुल बनाउन पिलर ठडिएको छ।

त्यहाँबाट थोरै अघि बढेपछि भने त्यही नदी तर्न एउटा काठको पुल बनाइएको छ जसमा देवीदेवता, राजा, नागरिक, नेपाल वायुसेवा निगमको जहाज लगायतका छवि अंकित काष्ठकलाले सजाइएको छ।

जुम्लाकै पातारासी–२, पेरेका धनराज बुढाले पुरानो चलनअनुसारको फेटा बाँध्न छाडेका छैनन्। पहिले स्थानीय ऊन कातेर घरमै हातले बुनेका फेटा बाँध्ने परम्परा थियो। तर त्यो जीवनशैली क्रमश: इतिहास बन्दै छ। यो फेटा उनले नजिकैको जुम्ला बजारबाट किनेर लगाएका हुन्।

तिलाकिनारका फाँटहरूमा यतिबेला रातो मार्सी धान झुलिरहेको छ देख्न पाइन्छ। तर जुम्ला बजारका थुप्रै सटरहरू नेपालगञ्ज नाका हुँदै आयात गरिएका भारतीय सेतो चामल र कनिकाका बोराले भरिभराउ देखिन्छन्।

यहीँको जुगाडखोलामाथि बनेको टहरामा तरकारी बजार छ। केही परको कालीखोलामा पानीको बहाव थुनिने गरी बिसर्जन गरिएका प्लास्टिकजन्य फोहोरले झन्डै काठमाडौँको टुकुचा बिर्साउँछ।

जुम्ला कटेर मुगुको पिना पुग्दा सडकको छेउमा बाख्रा चराउँदै गरेका भेटिए स्थानीय केबल बिटालु जो हातमा झोला बोकेर ऊनको धागो कातिरहेका थिए। केही भेँडाबाख्रा पाल्ने उनी खेतिपाती पनि गर्छन्। आफूलाई बेरोजगार भन्ने बिटालुका छोरा श्रम गर्न दुबई उड्दै थिए।

कुनै बेला ढुंगैढुंगाको छाना देखिने मुर्माका घरहरू अहिले नीलो टिनले ढाकिएका छन्। गाउँमा एकाध भेटिने पुराना शैलीका घरमा बिछ्याइने कम्बललाई पेट्रोलियम पदार्थबाट बनेको आयातित कालो 'म्याट'ले विस्थापित गरेको छ।

भौगोलिक रूपमा सम्पन्न कर्णालीमा बढ्दो बजारीकरणको प्रभाव विस्तार हुँदै गएको देख्न सकिन्छ जसबाट यी ठाउँहरूले पनि भविष्यमा संघीय राजधानी काठमाडौँकै लय समात्न नपुग्लान् भन्न सकिन्न। मौलिकता मासेर कर्णालीले काठमाडौँको सिको नगरोस् भन्ने चिन्ता कर्णालीवासीमा पलाइहालेको देखिँदैन।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
