माओवादी केन्द्रका प्रवक्ता सापकोटाले राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणले शान्तिप्रक्रियाका बाँकी काम मौलिक र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्याउन सहयोग पुगेको बताए।
काठमाडौँ– नेकपा माओवादी केन्द्र संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय समितिमा शान्तिप्रक्रिया टुंगो लगाउने सहमति भइसकेको उल्लेख गर्दै विधेयक हिउँदे अधिवेशनबाट पारित गरिने बताए।
“समितिमा टीआरसी बिलका बारेमा सहमति भइसकेको छ। अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ,” उनले भने।
उनले संक्रमणकालीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरू उठेको र ती प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको जिकिर गरे। “शान्तिप्रक्रिया टुंगो लगाउनुपर्नेछ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रश्न खडा भएका छन्। पीडितहरूको परिपूरणका कुरा छन्” उनले भने “यसलाई हर हालतमा टुंगोमा पुर्याउनुपर्छ भन्ने सहमति भएको छ। यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन।”
प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल आउनु र यहाँबाट विश्वशान्तिको अपिल गर्नु बहुआयामिक महत्त्वको विषय भएको बताए। उनले महासचिव गुटेरेसको भ्रमणले शान्तिप्रक्रियाका बाँकी काम मौलिक ढंगबाट टुंग्याउनुपर्ने र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्याउन सहयोग पुगेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
