एमाले अध्यक्ष ओली हिंसा मच्चाउने र अन्याय गर्नेहरू अहिले न्यायाधीश बनेर सरकारको साँचो बोकी शान्तिप्रक्रिया टुंग्याउन भनेर लागेको टिप्पणी गरे।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरू गरेको दिनलाई विजयोत्सव मनाउनेहरूको खुशीका लागि शान्तिप्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरू नै अहिले न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्तिप्रक्रिया टुंग्याउन भनेर लागेको टिप्पणी गरे।
उनले क्रूर हत्या गर्नेहरूका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्तिसमेत जनाए। उनले हिंसा शुरू गरेको दिनलाई उत्सवको रूपमा मनाउने प्रवृत्तिबाट कसरी शान्तिप्रक्रिया टुंगिन्छ? भन्दै प्रश्न गरे। “शान्तिप्रक्रियाको टुंगो पीडितलाई न्याय दिने गरी लगाउनुपर्छ। विजयोत्सव मनाउने तरमाराको खुशीका लागि शान्तिप्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन,” उनले भने।
अध्यक्ष ओलीले सरकार संविधान मिच्ने, बहुमतको घमन्ड गर्ने र अहंकार देखाउने काममा लागेको टिप्पणी गरे। स्वेच्छाचारी राज चलाउन, बलमिचाइँ गर्न सरकार लागेको छ भन्ने कुरा रिगल ढकालका बारेमा सर्वोच्च अदालतले दिएको आदेशले पनि पुष्टि गरेको उनको भनाइ छ। जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागे आरोप लगाउँदै उनले कोशी प्रदेशमा बारम्बार संविधान मिच्दा पनि गठबन्धन मौन बसेको टिप्पणी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
