उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।

काठमाडौँ– पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

यसैगरी, पहाडी भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ।

वर्षा र हिमपातको सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न तथा दैनिक तापक्रम घटिरहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।