पाकिस्तानमा चुनावी गठबन्धन गर्दै पीपीपी र पीटीआई

पाकिस्तानको निर्वाचन आयोगले बिहीबार सन् २०२४ फेब्रुअरी ११ मा आम चुनाव हुने घोषणा गरेको छ। 

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले आफ्नो कट्टर प्रतिद्वन्द्वी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)सँग चुनावी गठबन्धन गर्ने जनाएको छ। 

पूर्वसहयोगी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)लाई टक्कर दिन पीपीपीले उक्त गठबन्धन गर्ने तयारी गरेको हो।

पन्जाब क्षेत्रमा प्रभाव रहेको पीपीपीका कार्यवाहक अध्यक्ष राणा फारुक सइदले पीएमएल–एनविरुद्ध पीटीआईलगायत अन्य दलसँग चुनावी गठबन्धन गर्ने बताएका हुन्। 

पीएमएल–एन नेता मुत्ताहिदा कौमीले मुभमेन्ट–पाकिस्तान र ग्रान्ड डेमोक्रेटिक एलायन्ससँग सहकार्य गरेर सिन्धमा चुनाव लड्ने इच्छा व्यक्त गरेपछि यो कदम चालिएको सइदको भनाइ छ।

सन् २०२४ मा हुने चुनावी प्रतिस्पर्धाबाट कुनै पनि दललाई बाहिर राखिएमा विश्वले चुनावी परिणाम स्वीकार नगर्ने उनले दाबी गरे। पीएमएल–एनले पीटीआईलाई चुनावी दौडबाट बाहिर राख्न खोजेको उनको आरोप छ। 

यसैबीच, निरन्तरको दबाबपछि बिहीबार पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले फेब्रुअरी ११ मा आम चुनाव हुने घोषणा गरेको छ।