बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ।
बागलुङ– लेकाली बालीका रूपमा परिचित फापरको खेती घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली केही वर्षयता कम हुँदै गएको हो।
फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ। रैथाने बाली फापरको आँटो, ढिँडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको किसान तीर्थबहादुर बुढामगरले बताए।
बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। बुढामगरका अनुसार गाउँका दशकअघिसम्म हरेक किसानले आफ्नो एक–दुई रोपनीमा भए पनि फापर खेती गर्ने चलन थियो। अहिले त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको छ। “कमैले मात्र फापर खेती गर्ने गरेका छन्,” उनले भने, “हामी फापरकै आँटो, ढिँडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे।”
फापर बारीमा अन्य खेती हुन थालेको अर्का किसान निमबहादुर विकले सुनाए। “पहिले रातो र कालो जातको फापर राम्रै फल्थ्यो, आजभोलि खेती हुनै छाड्यो,” उनले भने, “बिउ नै मासिने भयो।” फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौखेती गरेको तथा त्यसपछि फापर नै लगाउँदा उत्पादन कम भएको उनको अनुभव छ। “उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेँ,” उनले भने, “उत्पादन न्यून हुँदा फापर खेतीप्रति स्थानीयको आकर्षण घटे हो।”
अचेल गाउँमा फापरका परिकार पाक्न छाडेका छन्। मेला–महोसत्वमा मात्र फापर सीमित भएको विकले बताए। बागलुङमा अहिले ८५ हेक्टर क्षेत्रफलमा फापर खेती हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनमगरले जानकारी दिए। उनका अनुसार हरेक वर्ष १२० मेट्रिक टन फापर उत्पादन हुने गरेको छ। १० वर्ष अघिसम्म ३०० मेट्रिक टनभन्दा बढी उत्पादन हुन्थ्यो।
फापरको संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने, उन्नत जातका बीउ वितरण र किसानलाई प्रोत्साहन कार्यक्रम रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
