विमानस्थलमै झगडा गर्ने २ पाइलट निलम्बित

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका शाह र श्रेष्ठबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो। 

काठमाडौँ– रामेछापको मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलट निलम्बित भएका छन्।

तारा एयरलाइन्सका पाइलट क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। 

“तत्कालका लागि उनीहरूको लाइसेन्स निलम्बन गरिएको हो,” उनले भने, “रद्द गर्ने कि फुकुवा गर्ने अनुसन्धानपछि थाहा हुन्छ।”

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका शाह र श्रेष्ठबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो।