बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।  

फाइल तस्वीर

काठमाडौँ– बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका –५, शक्तिपुर बस्ने २८ वर्षीया सिर्जना डाँगी बाख्रा चराउन गएको बेला बाघको आक्रमणमा परेकी हुन्। 

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।  

मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ। 

गत वर्ष चिरौटे सामुदायिक वनमा नै दाउरा काट्न गएको बेला बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको थियो।