व्यावसायिक रूपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो बिजनेस पाएका छैनन्। विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे बैठकमा छलफल भएको छ।
काठमाडौँ– दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ।
पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
बैठकमा मुख्यसचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन सबै अंगको महत्त्वपूर्ण भूमिका रहेकाले प्रभावकारी विकल्पका बारेमा छलफल भएको छ।
व्यावसायिक रूपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो बिजनेस पाएका छैनन्। गौतमबुद्ध विमानस्थलमा हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन।
“नयाँ अन्तर्राष्ट्रिय विमानस्थल कसरी र कुन ढाँचाबाट सञ्चालन गर्ने भन्नेबारे गम्भीर छलफल भयो, कुनै निष्कर्ष निक्लिएको छैन, प्राधिकरणले विमानस्थल गर्ने हो, विमानस्थलको सञ्चालन व्यवस्थापन गर्नु राज्यको दायित्व हो त्यसैले सबै निकायको सक्रियता जरुरी हुन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले भने।
उनले नयाँ विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
