जाजरकोट भूकम्प: रुकुम पश्चिममा ३६ जनाभन्दा धेरैको मृत्यु

जाजरकोटको रामिडाँडा आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबारराति गएको भूकम्पमा परी रुकुम पश्चिममा ३६ भन्दा बढीको मृत्यु भएको छ।

बिहान ५:३० सम्ममा ३६ जनाभन्दा धेरैको मृत्यु भएको  र ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए। 

भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

भूकम्पबाट रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएको जानकारी प्राप्त भएको खाड्काले बताए। 

उनका अनुसार सानीभेरी गाउँपालिका– २ परियार टोलका १२ वर्षीया मनीषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुनको मृत्यु भएको छ।