२१ जना घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ।
काठमाडौँ– शुक्रबार रातिको भूकम्पमा परेर जाजरकोट नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित ३५ जनाको मृत्यु भएको छ।
उपप्रमुख सिंहसहित ३५ जनाको मृत्यु भएको जानकारी आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।
उनका अनुसार भूकम्पमा परी जाजरकोटमा १०० भन्दा बढी मानिसहरू घाइते भएका छन्। २१ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ। अन्यको उद्धार कार्य भइरहेको छ।
भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको छ। भूकम्पका कारण घरहरू भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको प्रजिअ सुनारले बताए।
भूकम्पका कारण विद्युत् सेवासमेत अवरुद्ध भएको छ। सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ।
शुक्रबार राति ११:४७ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
