सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ

भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा गएका छन्। 

भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।

शुक्रबार राति ११:४७ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। प्रधानमन्त्रीको टोलीमा उर्जामन्त्री शक्ति बस्नेत, स्वास्थ्यकर्मीलगायत छन्।

प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिनसमेत सबैलाई अपिल गरेका छन्।

भूकम्पबाट जाजरको र रुकुम पश्चिममा बढी क्षति भएको छ।