वीर र एपीएफ अस्पतालका १३ जना स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रतर्फ

रुकुम पश्चिमको भूकम्पमा परी घाइते भएकाको उपचार गर्न वीर अस्पताल र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका १३ जना स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ। 

काठमाडौँ– रुकुम पश्चिमको भूकम्पमा परी घाइते भएकाको उपचार गर्न वीर अस्पताल र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका १३ जना स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ। 

नेपाली सेनाको ‘स्काइ ट्रक’मार्फत उनीहरू रुकुम पश्चिमतर्फ लागेका हुन्। यो टोलीमा चिकित्सक र स्वास्थ्यकर्मी छन्। उनीहरूलाई बोकेर गएको सेनाको हेलिकोप्टर चौरजहारीमा मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेत पुगेको थियो। 

तर, अहिले सुर्खेतबाट पुनः रुकुम चौरजहारीतर्फ हेलिकप्टर उडेको छ। यो टोलीमा संलग्न एक स्वास्थ्यकर्मीले भने, “मौसमका कारण चौरजहारीमा हेलिकप्टर ल्यान्ड गर्न सकेन। त्यसैले हामी सुर्खेत आयौँ। अहिले मौसम खुलेको जानकारी आएको छ। अब हामी उड्न लागेका छौँ। 

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु भएको छ।