घाइतेको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ– जाजरकोटको नालगाडमा भूकम्पमा परी घाइते भएका सात जनालाई उपचारका लागि सुर्खेत लगिएको छ।
उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेतको प्रादेशिक अस्पताल लगिएको हो। उनीहरू सबैको उपचार शुरू भएको अस्पतालका प्रमुख डा. डम्बर खड्काले बताए।
प्रधानमन्त्री दाहाल भूकम्पले पुर्याएको क्षतिको अवलोकन गर्न काठमाडौँबाट शनिबार बिहान जाजरकोट गएका थिए। जाजरकोटमा उनले भूकम्पबाट घाइते भएकाको अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूको उपचार चुस्त बनाउन उनले जिल्ला अस्पताल जाजरकोटसँगै नेपालगन्जको भेरी अस्पताल (डेडिकेट)लाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएकाहरूको चाँडो भन्दा चाँडो उद्धार गर्न सुरक्षा निकायलाई पनि निर्देशन दिएका थिए। त्यसपछि उनी रुकुम पश्चिम पुगेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
