जाजरकोट भूकम्प पीडितको राहत कोषमा कांग्रेसले ५० लाख दिने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेका हुन्। 

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेका हुन्। 

“भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपिल गर्दछ।”

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १३२ जनाको मृत्यु भएको छ।