भूकम्प गएको बेला हामी भर्खर निदाएका थियौँ। एक्कासि घर हल्लाउन थाल्यो। सबै जना उठेर कराउन थाले। करिब पाँच सेकेन्डको धक्काले सबै ध्वस्त बनायो।
म बारेकोट गाउँपालिका केन्द्रको घरमा आएको थिएँ। भूकम्प गएको बेला हामी भर्खर निदाएका थियौँ। एक्कासि घर हल्लाउन थाल्यो। सबै जना उठेर कराउन थाले। म पनि ब्युँझिएँ। धक्का करिब पाँच सेकेन्डको थियो होला। त्यो धक्का यति ठूलो थियो कि दुई सेकेन्ड बढी समय आएको भए सबै तहसनहस हुने थियो। पाँच सेकेन्डको धक्काले सबै ध्वस्त बनायो। घरबाहिर निस्कने क्रममा म घाइते भएँ। धन्न बाहिर निस्किन पाएँ र बाचेँ
मेरो दुवै खुट्टाको तल्लो भागमा चोट लागेको छ। बीचको समयमा के भयो केही याद छैन। सबै अँध्यारो देखियो। भाग्यवश मेरो परिवारको सबै सकुशल हुनुहुन्छ। तर, सहिला बाको साँढे दुई वर्षको नाति भने भूकम्पमा पुरिएर मृत्यु भयो। यसले हामी मर्माहत भएका छौँ।
हाम्रो क्षेत्रमा मानवीय क्षति कम भए पनि पुराना घर भने सबै भत्किएका छन्। मध्यरातमा भूकम्प गएको कारण ठूलो क्षति भयो। दिउँसो भए धेरै मानिस घरबाहिर हुन्थे र क्षति कम हुने थियो होला। गाउँका धेरैको मृत्यु भयो। मृतकको शव उठाउने काम भइरहेको छ।
म जाजरकोटस्थित जिल्ला अस्पतालमा उपचाररत छु। अस्पतालमा घाइतेको उपचार भई नै रहेको छ। साथीहरू सबै घाइते भएका छन्। मध्यरातदेखि कोही पनि निदाएका छैनन्। सबै खटिइरहेका छन्।
मसँग अस्पतालमा बारेकोट गाउँपालिका–४ का गोरख बहादुर सिंह पनि हुनुहुन्छ। उहाँ पनि घाइते हुनुभएको छ। तर, उहाँका तीन सन्तानमध्ये दुई छोरीको मृत्यु भएको छ। सदरमुकाम भित्रका अधिकांश घाइतेको राति नै उद्धार गरिएको तथा शव निकालिएको थियो।
बारेकोट गाउँपालिकामा मानवीय धेरै भएन। तर, कुशे गाउँपालिका, नलगाढ र भेरी नगरपालिकामा बढी क्षति भएको छ।
भूकम्पको केन्द्र रहेको जाजरकोटको बारेकोट गाउँपालिका–५ का शाहसँग प्रविता श्रेष्ठले गरेको टेलिफोन कुराकानीमा आधारित।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
