पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको छ। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको प्रहरीले जनाएको छ।
काठमाडौँ– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा सुख्खा पहिरो गइरहेको छ।
शुक्रबार रातिको भूकम्पपछि सुख्खा पहिरो गइरहेको आठबीसकोट नगरपालिकाका स्थानीय धर्म रोकायाले बताए। “पहिरो अझै पनि रोकिएको छैन। हामी त्रसित छौँ,” उनले भने, “सुख्खा पहिरो अझै रोकिएको छैन।”
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार सुख्खा पहिरो गएका स्थानको यकिन तथ्यांक आइसकेको छैन। पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको उनले जनाए। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको उनको भनाइ छ।
“गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। बिहानी समयमा केही स्थानमा पहिरोको समस्या थियो। त्यसलाई छेल्दै अघि बढेका छौँ,” एसएसपी भट्टराईले भने, “साथै, यहाँ अधिकांश क्षेत्रका बाटो कच्ची भएको कारण बाटो अवस्थाले फरक पार्दैन।” साथै, हाल मानवीय क्षति प्राथमिकतामा राखी काम भइरहेको उनले उकालोलाई बताए।
पहिरोका कारण राजमार्गमा भएको अवरोध हटाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेले बताए।
“भेरी कोरिडोरको सुर्खेत सडक डिभिजनअन्तर्गत छिन्चु सेक्सनमा समस्या थियो,” उनले भने, “त्यसलाई क्लियर गरिएको छ, छेडा–जाजरकोटका केही स्थानमा सुख्खा पहिरोको कारण अवरोध भएको जानकारीमा आएको छ।”
पौडेलका अनुसार, राजमार्ग क्षेत्रको माटो कमजोर हुन्छ। त्यहाँ लामो समयदेखि यातायात सवारीको कारण कम्पनमा रहेको सडक क्षेत्रमा भूकम्पले गर्दा सुख्खा पहिरो जाने गर्छ।
उता, रुकुम पश्चिमका राजमार्गमा भने खासै समस्या नरहेको सडक डिभिजन चौरजाहरीका सूचना अधिकारी सुरेश बस्यालले बताए। उनका अनुसार जाजरकोटदेखि पाँचकटिया–जुम्ला राजमार्गमा एउटा ठूलो र अन्य स्थानमा स–साना पहिरो गएर अवरोध भएको छ।
“भेरी कोरिडोरमा समस्या छ। विकल्पमा मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखबाट सुर्खेत आउन सकिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
