उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा बसेको बैठकले उक्त रकम पठाउने निर्णय गरेको हो।
काठमाडौँ– सरकारले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा शनिबार बसेको बैठकले उक्त रकम पठाउने निर्णय गरेको हो। गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उक्त रकम पठाउन लागिएको जानकारी दिए। उनले आजै उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा जाने बताए।
उनका अनुसार अहिलेसम्म जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ। जाजरकोटमा १५० र रुकुममा १४४ जना घाइते भएका छन्। घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
