जाजरकोट र रूकुम पश्चिमका धेरै भौतिक संरचना क्षति भएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रूकुम पश्चिममा भूकम्पले भौतिक संरचना भत्काएका ठाउँबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ।
भूकम्पका कारण पोल तथा लाइनमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो। प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले शुरूमा अस्पतालको लाइन सुचारु गरिएको बताए। यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे।
धेरै भौतिक संरचना क्षति भएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
