भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको छ भने भेरी अस्पतालमा उपचाररत दुईको अवस्था गम्भीर रहेको छ।
नेपालगन्ज– भूकम्पमा परी घाइते भएका एक जनाको उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको छ।
भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनको थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याउने क्रममा मृत्यु भएको भेरी अस्पतालका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ। अस्पतालमा रूकुम पश्चिम, जाजरकोट, सल्यान जिल्लाबाट ल्याएका २७ जना बिरामीको उपचार भइरहेको र बिरामी आउने क्रम जारी रहेको श्रेष्ठले बताए।
यसैबीच जाजरकोट तथा रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएकाले थप खोज तथा उद्धार, उपचार, राहतका लागि सबैलाई अनुरोध गर्ने निर्णय भएको अस्पतालका लागि सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।
यसका साथै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णयसमेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहत स्वरूप चार लाख रुपैयाँ बराबरको खाद्यान्न र त्रिपाल, झुललगायत १०० जना परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टिम परिचालन गरिने बताए।
कोहलपुर नगरपालिकाका तर्फबाट तत्काल राहत स्वरूप दुई लाख, राप्ती सोनारी गाउँपालिकाका तर्फबाट एक लाख रुपैयाँ बराबरको औषधि सामग्री र ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र एक जना चिकित्सकसहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाउँपालिकाका तर्फबाट तीन लाख रुपैयाँ बराबरको औषधि सहयोग गनेसमेत निर्णय भएको ज्ञवालीले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र रुकुम पश्चिममा ६०० थान कम्मल, त्रिपाल र पिफर्म उपलब्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलब्ध गराइने भएको छ। केमिकल एन्ड मेडिकल एसोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट ३५० केजी चिउरा र ९०० प्याकेट चाउचाउ उपलब्ध गराउने निर्णय गरेको भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
