गम्भीर घाइते भएका ७ जनालाई नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडाैँ ल्याइएको हो।
काठमाडाैँ– जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौँ ल्याइएको छ।
प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले घाइते ७ जनालाई नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडाैँ ल्याइएको जानकारी दिए। घाइतेहरूलाई त्रि.वि शिक्षण अस्पताल पुर्याइसकेको उनले बताए।
उनका अनुसार भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा एकसय र रूकुमपश्चिममा ३८ गरी जम्मा १३८ जनाको मृत्यु भएको छ। यस्तै, १६६ जना घाइते भएका छन्। उनका अनुसार जाजरकोटमा ८१ जना र रूकुममा ८५ जना घाइते भएका छन्। गम्भीर घाइते भएकाहरूलाई उपचारको लागि काठमाडाैँ ल्याइएको हो।
नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र खोजी कार्यका लागि ८५९ जना प्रहरी परिचालन गरिएको जनाएको छ भने आवश्यकता अनुसार थप प्रहरी परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सशस्त्र प्रहरी तथा नेपाली सेना भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
