लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने निर्णय गरेको छ।

तुलसीपुरमा शनिबार बसेको प्रदेश सरकारको बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने निर्णय गरेको हो। 

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार भूकम्प प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णय पनि गरिएको छ। 

प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ।

यसअघि प्रदेशले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १३८ जनाको ज्यान गएको र १६६ जना घाइते भएको नेपाली प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि सुर्खेत, बाँके तथा काठमाडौँका अस्पतालमा ल्याइएको छ।