जाजरकोट भूकम्प : मृतकको संख्या १४३ पुग्यो, १६६ जना घाइते

प्रहरीका अनुसार शनिबार दिउँसो साढे तीन बजेसम्म जाजरकोट र रूकुमपश्चिममा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४३ पुगेको हो भने १६६ जना घाइते रहेको छन्।

काठमाडौँ– जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। शुक्रबार राति जाजरकोटको बारकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रहरीका अनुसार शनिबार दिउँसो साढे तीन बजेसम्म जाजरकोट र रूकुमपश्चिममा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४३ पुगेको हो भने १६६ जना घाइते रहेको छन्।

भूकम्पका कारण जाजरकोटमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ। यहाँ १०५ जनाको मृत्यु भएको छ। ८१ जना घाइते भएका छन्।

त्यस्तै, रुकुमपश्चिममा ३८ जनाको मृत्यु भएको छ। यहाँ ६५ घाइते भएका छन्। भूकम्पमा घर भत्केर घाइते भएकाहरूलाई उद्धार गरेर जाजरकोट, रुकुम, सुर्खेत, बाँके तथा काठमाडौँका अस्पतालमा उपचार गरिँदैछ।

भूकम्पमा घाइते भएकाहरूको उद्धार र मृतकको शव निकाल्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटिएका छन्। राति धेरै जना सुतिसकेको समयमा भूकम्प गएको र त्यहाँ धेरैजसो ढुंगा र माटोबाट बनेका कच्ची घर भएकाले ती घर भत्कँदा ठूलो क्षति भएको भूकम्पविद्हरूले बताएका छन्।

यो पनि – कस्तो हो जाजरकोट भूकम्प, पश्चिम पहाडमा कति छ ठूलो भूकम्पको जोखिम?