अझै विस्तृत विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।
काठमाडौँ– जारकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन्।
गृहमन्त्रायका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्म ३७५ जना घाइते भएका छन्। भूकम्पबाट निजी आवासका साथै सरकारी संरचनामा पनि क्षति पुगेको छ।
गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार अहिलेसम्म राहत अन्तर्गत जाजरकोटमा ५०० त्रिपाल, ५० स्लिपिङ ब्याग र १०० थान ब्ल्यांकेट वितरण गरिएको छ। त्यस्तै रूकुमपश्चिममा १०० त्रिपाल, ५० स्लिपङ ब्याग र एकसय थान ब्ल्यांकेट वितरण भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहतका लागि नेपाली सेनाका १८४, नेपाल प्रहरीका ८२७ र सशस्त्र प्रहरी बलका ३२८ जनशक्ति परिचालन भएको पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ। शाखाका अनुसार जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी रहेको र भौतिक क्षतिको विवरण संकलन भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
