भेरी अस्पतालमा शनिबार राति थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी पुगेका थिए। जसमा दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुम पश्चिमका छन्।
काठमाडौँ– भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ३८ जनाको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
भेरीमा ३७ र मेडिकल कलेजमा एक जनाको उपचार भइरहेकामा सबैको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको शनिबार राति १२ बजेसम्म शल्यक्रिया गरिएको थियो। उनीहरूको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ।
यसैबीच, भेरी अस्पतालमा शनिबार राति थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी पुगेका थिए। जसमा दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुम पश्चिमका छन्।
जाजरकोट नलगाड–१ का एक जना घाइतेको भने अस्पताल पुर्याउनु अघि नै मृत्यु भएको र उनको शव आइतबार बिहान बिहान जाजरकोट पठाइने अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
