भूकम्पले जाजरकोट सदरमुकाम खलंगामा धेरै भौतिक क्षति पुर्याएको छ। बस्ती उदांगो देखिएका छन्। क्षतिको किन तथ्यांक नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन्।
जाजरकोट– जाजरकोट र रुकुम यतिबेला पश्चिम शोकमा डुबेको छ। शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो।
एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ। प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ। करिब २०० जना घाइते छन्।
जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भने, “रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु काँपिरहेको छ। रातभर निदाउन सकेनौँ। त्यही भएर अहिले सुतिरहेका छौँ।”
भूकम्पले जाजरकोट सदरमुकाम खलंगामा धेरै भौतिक क्षति पुर्याएको छ। बस्ती उदांगो देखिएका छन्। क्षतिको किन तथ्यांक नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन्। नभत्किएका घर पनि आशिंक रूपमा क्षति भएकै छन्।
परम्परागत घरमा क्षति धेरै
जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ। प्रहरीले अहिले तथ्यांक संकलन गरिरहेको जनाएको छ। तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्ण रूपमा क्षति भएको देखिएको हो। जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरीले जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिए।
विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन्। जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ। ढुंगा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताए।
उनी भन्छन्, “यो भूकम्पले धेरैजसो ढुंगा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन।” तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ। भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ।
भिरालो जमिनमा रहेको खलंगा बजारमा खचाखच घर बनाइएको छ। साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ। बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ। यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै।
खुला आकाशमा रात बिताउँदै
भूकम्प पीडितले खुला आकाश पालमुनि बसेर रात बिताएका छन्। घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुखेसो छ। बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ।
जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाश मुनि बसिरहेको बताए। उनले भने, “एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो। साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु। सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ।”
उद्धार अन्तिम चरणमा
सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूको उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ। यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन्।
कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न संघसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
