जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख र घर भत्केकालाई १ लाख दिने सरकारको निर्णय

सरकारले सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ। 

काठमाडौँ– सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने भएको छ। 

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। यस्तै, घर भत्किएका पीडितलाई तत्काल आवास बनाउन एक लाख रुपैयाँ दिने निर्णय भएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले उकालोलाई जानकारी दिए। 

सरकारले सुर्खेतलाई केन्द्र बनाएर राहत वितरण प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ। 

यसैगरी, राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी बनाउने, खोज उद्धार र राहतका लागि सरकारका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको मन्त्री ज्वालाले बताए।

सरकारले भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गराउने भएको गरेको छ। निजी अस्पतालमा पनि निःशुल्क घाइतेको नि:शुल्क उपचार हुनेछ।

भूकम्प पीडितहरूको उद्धारको काम सकिएको र अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय भएको मन्त्री ज्वालाले बताए।