जाजरकोट र रुकम पश्चिमका भूकम्प पीडितलाई सरकारले एकद्धार प्रणालीबाट मात्रै राहत वितरण गर्ने प्रधानमन्त्री दाहालले बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहतका नाममा यसअघि जस्तो भूकम्पपीडितमाथि खेल्ने मौका कसैलाई पनि नदिने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा जाजरकोट र रुकम पश्चिमका भूकम्प पीडितलाई सरकारले एकद्धार प्रणालीबाट मात्रै राहत वितरण गर्ने उनले बताए। यसै अनुसार आफूले सरकारी निकायलाई निर्देशन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
सरकारको यो निर्णयलाई कमजोर बनाउने गरी कसैले पनि खेल्न नहुने उनले बताए। “यतिबेला सबैतिरबाट सहयोग गर्ने प्रस्ताव आएको छ। कतिपयले सहयोगको निर्णय पनि गरिसकेका छन्। तर, यसपटक एकद्धार प्रणालीबाटै काम गर्ने हो। मुख्य केन्द्र काठमाडौँ हुन्छ। अर्को मुख्य केन्द्र सुर्खेत र नेपालगन्ज हुनेछ,” उनले भने, “कसैले पनि सामान या पैसा दिन सक्छ। जुन एकद्धार प्रणालीबाट भूकम्प प्रभावित स्थलमा लैजाने हो।”
उनले विगतमा भएका नकारात्मक अनुभवबाट पाठ सिक्ने बेला आएको उनले बताए। भने,“यसअघि भूकम्प जाँदा जबरजस्ती सामान ल्याउने काम भएको थियो। यसपटक सरकार गम्भीर छ। सरकारले व्यवस्थित रूपमा आवश्यकता कहाँ हो त्यहाँ मात्रै राहत वितरण गर्न दिनेछ।”
यस्तै दाहालले प्रकोप गएपछि मात्रै राहतका सामग्री खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। “अब पहिल्यै राहत सामग्रीको जोरजाम गर्ने हो। प्रकोप गएपछि सामग्री खोज्न थाल्ने होइन,” उनले भने। उनले विपद्को पूर्वतयारी महत्त्वपूर्ण भएकोमा सरकार सहमत भएको बताए। जाजरकोट र रुकम पश्चिममा भूकम्प जाँदा आफूलाई हेर्ने सरकार भएको महसुस पीडित जनताले गरेको उनको दाबी छ।
“पीडितको खोज, उद्धार र उपचारमा सरकार सफल भएको छ। अब राहतका सामग्री वितरण र उपचारलाई तीव्रता दिने हो,” उनले भने, “यसअघि गएका भूकम्प र यसपटक जाजरकोट र रुकुम पश्चिममा गएका भूकम्पले अर्को महत्त्वपूर्ण पाठ सिकाएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
