कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भूकम्प प्रभावितलाई राहत वितरणमा अन्याय हुन नदिन महामन्त्रीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने पार्टीले निर्णय गरेको जानकारी दिए।
काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई राहत वितरण प्रक्रिया पारदर्शी बनाउन आग्रह गरेको छ।
शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका सम्बन्धमा छलफल गर्न आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राहत वितरणमा अनियमितता तथा पक्षपात रोक्न अनुगमन समिति बनाउने निर्णयसमेत गरेको छ।
शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ। भूकम्पका कारण १५६ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ। घाइतेको सम्बन्धित जिल्लाका साथै सुर्खेत, बाँकेका अस्पतालमा उपचार भइरहेको छ।
सो सम्बन्धमा छलफल गर्न बसेको बैठकपछि कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राहत वितरणमा अन्याय नहोस् भन्ने कुरालाई गम्भीरताका साथ लिँदै महामन्त्रीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।
“राहत वितरणमा अनियमितता नहोस्, पक्षपात नहोस्, अन्याय नहोस् भन्ने कुरालाई गम्भीरताका साथ लिएर पार्टीका केन्द्रीय कार्य समितिका महामन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापनका कार्यसँगै अन्य कार्य गर्नका लागि अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने र त्यसले स्थलगत अनुगमनदेखि सबैको अनुगमन गर्ने निर्णय भएको छ,” उनले भने।
उनका अनुसार बैठकले भूकम्पबाट प्रभावितलाई तत्कालै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। थप सहयोगका लागि पार्टीका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेको छ।
उनले मंसिरको १३ र १५ गते बस्ने भनिएको महासमितिको बैठक अब मंसिर २९, ३० र पुसको १ र २ गते गोदावरीमा गर्ने निर्णय भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
