समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न जिल्लामा सञ्चालित सात वटा सेवाकेन्द्र सिल गरी कागजात बरामद गरिएको सहकारी व्यवस्थापन समितिका सदस्य–सचिव केशव पौडेलले बताए।
काठमाडौँ– सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका सेवाकेन्द्र सिल गरेको छ। सहकारी व्यवस्थापन समितिको टोलीले विभिन्न जिल्लामा रहेका सात वटा सेवाकेन्द्र सिल गरी कागजात बरामद गरिएको समितिका सदस्य–सचिव केशव पौडेलले बताए।
समितिले भक्तपुरमा रहेको शिव शिखरको केन्द्रीय कार्यालयसहित, कौशलटार, कमलविनायक र काठमाडौँको कीर्तिपुरका सेवाकेन्द्र सिल गरेको हो। यस्तै, कैलालीको धनगढी, अत्तरिया, लम्कीचुहा र डोटीमा रहेको सेवाकेन्द्र पनि सिल गरेर कागजात बरामद गरिएको समितिका सदस्य–सचिव पौडेलले बताए।
समितिको तीन वटा टोलीले विभिन्न जिल्लामा पुगेर सेवाकेन्द्र सिल गरिरहेको उनले बताए। मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडसहित झापाको दमक, सिराहाको गोलबजार र उदयपुरको गाईघाटमा रहेको सेवाकेन्द्र पनि समितिले सिल गरेको छ।तिहारपछि गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा रहेका सेवाकेन्द्र सिल गरेर निक्षेपकर्ताको विवरण रहेका कागजात बरामद गर्ने समितिले जनाएको छ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न ठाउँमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्माबाट निक्षेपकर्ताको करिब १४ अर्ब निक्षेप हिनामिनामा भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको छ। शर्मा नै सञ्चालक रहेको तुलसी सहकारीमा केन्द्रीय कार्यालय विराटनगर र ३ सेवाकेन्द्रमा गरी १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको जनाइएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २६ मा भक्तपुरको शिव शिखर र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो। शिव शिखरको मात्र २३ जिल्लामा ३७ सेवाकेन्द्र रहेको सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
