बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले जाजरकोट भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
काठमाडौँ– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार, घाइतेहरूको औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोगार्थ आर्थिक सहयोग गर्ने घोषणा गरिएको सचिव कुशप्रसाद मल्लीले जनाएका छन्।
सीबीफीनले आइतबार जारी गरेको विज्ञप्तिमा भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट यी क्षेत्रमा तत्काल खाद्यान्न, औषधोपचार, न्याना लत्ताकपडासहितका सामग्री आवश्यक रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।
“संवेदनशील घडीमा बैंक तथा वित्तीय संस्थाहरूबाट स्वतःस्फूर्त सहयोग भइरहेकोप्रति सीबीफीन हार्दिक आभार व्यक्त गर्दछ। साथै, यसैगरी खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिनसमेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा हार्दिक अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।
शुक्रबार राति जाजरकोट बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रूकुमपश्चिम ठूलो जनधनको क्षति भएको छ। भूकम्पका कारण १५७ जनाको मृत्यु भएको र ११० जना बढी घाइते अवस्थामा छन्। भूकम्पमा घर भत्किँदा घाइते भएकाहरूको काठमाडौँ, बाँके, सुर्खेतसहित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सीबीफीनले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
