काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाइदिने गिरोहमा संलग्न १० जना पक्राउ गरिएको जानकारी दिएको छ।
काठमाडौँ– भिजिट भिसामा वैदेशिक जानेहरूका लागि नक्कली कागजातहरू बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाउने गिरोहमा संलग्न १० जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।
कार्यालयका प्रमुख, एसएसपी सोमेद्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, कक्षा १२ को सर्टिफिकेट, नक्कली नाता प्रमाणित लगायतका कागजात बनाउने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए।
“आजको मितिसम्म ९ जना पक्राउ र अहिले भर्खर एक जना पक्राउ गरेर १० जना पक्राउ परेका छन्,” उनले भने “प्राप्त कागजातहरू हेरी सम्बन्धित बैंक, परीक्षा नियन्त्रण कार्यालय, स्थानीय तहबाट जारी भएका सिफारिसपत्र लगायतका कागजातहरूका बारेमा सम्बन्धित निकायलाई पत्राचार गरी प्राप्त कागजातहरूको आधारमा नक्कली कागजातहरू भएको भनी खुल्न आएको छ।”
पक्राउ परेका १० जनामध्ये नवलपुर मध्यविन्दु नगरपालिका–५, का ४५ वर्षीय जयराम श्रेष्ठले विभिन्न व्यक्तिहरूबाट राहदानी संकलन गरी कुन कुन कागजात बनाइ दिनुपर्छ भनी बुझ्नुका साथै रकमको मोलतोल गर्ने गरेको पाइएको उनले बताए।
पक्राउ पर्नेमा गोरखा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा ४ बस्ने, ३४ वर्षीय भक्तबहादुर थापा, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ स्थायी घर भई हाल रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल र बारपाकनै घर भई वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली रहेका छन्।
त्यस्तै, उदयपुरको बेलका नगरपालिका–१ घर भई हाल पेप्सीकोला बस्ने ३० वर्षीय आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल घर भई हल सिनामंगल बस्दै आएका २८ वर्षीय जीवराज तामाङ, काठमाडौँ ३२ का २३ वर्षीय साइरस विसंखे, काठमाडौँ नक्सालका ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालीमाटी घर भई हाल नागार्जुन नगरपालिका–३ इचंगुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट २९६ वटा नक्कली कागजातसहित छाप, लोगो तथा प्रिन्टिङ मेसिन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेकाहरूले नक्कली कागजात बनाउन ५ देखि १० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
