नयाँ दिल्लीमा आगामी केही सातासम्म प्रदूषणको स्तर कायमै रहने आशंका गरिएको छ। आइक्यूएयरका अनुसार आइतबार पीएम२.५ कणहरूको स्तर ५७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ।
वायु प्रदूषण स्तर घट्ने सम्भावना नदेखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा विद्यालय बन्दको अवधि बढाइएको छ।
नयाँ दिल्लीका अधिकारीहरूले आइतबार आपत्कालीन विद्यालय बन्दको अवधि एक साताका बढाएका हुन्। प्रदूषण स्तरमा सुधारको संकेत नदेखिएपछि यस्तो निर्णय गरिएको महानगरका अधिकारीहरूले जनाएका छन्।
छिमेकी कृषिप्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरदयाममा दिल्लीलाई भीषण धुवाँले ढाक्ने गर्छ। नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ। जसका कारण वर्षमा सयौँ/हजारौँ मानिसको अकाल मृत्यु हुने गर्छ।
“प्रदूषणको स्तर लगातार उच्च रहेकाले दिल्लीमा प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने छन्”, दिल्ली राज्यका शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “उच्च प्रदूषणस्तरका कारण माध्यमिक विद्यालयहरूलाई ‘अनलाइन कक्षा’ सञ्चालन गर्ने विकल्प दिइएको छ।”
अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार तीन करोड जनसंख्या रहेको भारतीय राजधानी आइतबार फेरि एक पटक विश्वको सबैभन्दा धेरै प्रदूषित सहरको स्थानमा छ।
दिल्लीले प्रत्येक वर्ष निर्माण गतिविधिहरूमाथि प्रतिबन्ध लगाउँछ र प्रदूषण गम्भीर स्तरमा पुग्दा केही सवारीसाधनलाई सडकबाट हटाउने आदेश दिन्छ। तर आलोचकहरूले सरकारले सार्वजनिक स्वास्थ्य संकटको प्राथमिक स्रोत कृषिलाई जानाजानी नजरअन्दाज गरेको बताउँछन्।
छिमेकी राज्यहरूका किसान शक्तिशाली मतदाता हुन् र निर्वाचित नेताहरूले उनीहरूको सो कार्यका लागि कडा जरिबाना वा अन्य दण्डात्मक कदम लगाउनु पर्छ भन्ने मागलाई लामो समयदेखि विरोध गर्दै आएका छन्।
नयाँ दिल्लीमा सोमबार श्रीलंका र बांग्लादेशबीच विश्वकप क्रिकेट खेल हुँदैछ। तर दुवै टिमले हालैका दिनमा धुवाँबाट हुने स्वास्थ्य जोखिमका कारण आफ्नो निर्धारित खेलपूर्वको प्रशिक्षण रद्द गरेका छन्।
आगामी केही सातासम्म धुवाँको स्तर कायमै रहने आशंका गरिएको छ। आइक्यूएयरका अनुसार आइतबार सबैभन्दा खतरनाक पीएम२.५ कणहरूको स्तर ५७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिफारिस गरेकोभन्दा यो करिब ४० गुणा धेरै हो। पीएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो।
सन् २०२० मा गरिएको अध्ययनअनुसार वायु प्रदूषणका कारण १६ लाख ७० हजारको मृत्यु भएको र यसमा नयाँ दिल्लीमा करिब १७ हजार ५०० जना रहेका थिए।
शिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थानको अगस्टको एक प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण औसत शहरवासी अपेक्षा गरिएभन्दा १२ वर्षअघि नै मर्न सक्छन्।
भारत ऊर्जा उत्पादनका लागि प्रदूषणकारी कोइलामाथि अत्यधिक निर्भर छ। यसलाई चरणबद्ध तरिकाले अन्त्य गर्नुपर्ने मागको भारतले विरोध गरिरहेको छ। पछिल्लो सात वर्षमा भारतको प्रतिव्यक्ति कोइला उत्सर्जन २९ प्रतिशतले बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
