भूकम्पले १६५ घरधुरी रहेको नलगाड नगरपालिका–१ को चिउरी गाउँस्थित चोचेटोलका सम्पूर्ण घर भत्किएपछि ७०० जना घरबारविहीन भएका छन्।
भेरीगंगा (सुर्खेत)– जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचेटोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ। अधिकांश दलित समुदाय रहेको यो बस्तीमा १८६ घरधुरी रहेकामा अधिकांश घर पूर्ण रूपमा र केही घर आंशिक रूपमा क्षति भएपछि चोचेटोलका सबै नागरिक घरबारविहीन भएका हुन्।
खलंगाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन्। पीडित अविलाल विकले भने, “हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो।”
अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उनले बताए। विकले भने, “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ। केटाकेटी चिसोले हैरान भइसके।”
उनीजस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ। उनीहरूले अब आफन्त गुमाए पनि बाँचेकाका लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।
चोचेटोलमा १४ जनाको मृत्यु
यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ। मृत्यु हुनेमा पाँच बालबालिका, सात जना २० वर्ष माथिका र अन्य दुई जना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ। १३ जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको थियो। मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए। उनीहरू तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो।
स्थानीय हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आएकी थिइन्। चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो। त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए, तर भूकम्पका कारण गाउँका सबै जनाको खुशी र हाँसो आँसुमा परिणत भएको छ।
केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ। भिउसन कुमाईंको चार जनाको परिवारको भूकम्पमा परेर मृत्यु भएको छ। भूकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहसंस्कार हुनसमेत ढिलाइ भएको थियो। उनीहरूलाई निकाल्न नै समय लागेकाले दाहसंस्कार आइतबार गरिएको हो।
यो गाउँका पीडितलाई राहत र पुनर्स्थापनाका लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
