सरकारले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने सामग्री स्वतः हट्ने व्यवस्था गर्नेबारे भिडियो शेयरिङ एप टिकटकका प्रतिनिधिसँग छलफल गरेको छ।
काठमाडौँ– सरकारले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने सामग्री स्वतः हट्ने व्यवस्था गर्न भिडियो शेयरिङ एप टिकटकलाई आग्रह गरेको छ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न टिकटकमा प्रकाशित तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउनेबारे गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग छलफल भएको हो।
सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्रीहरू रोक्ने तथा हटाउनबारेमा छलफल भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उक्त छलफलबाट टिकटकमा प्रकाशन तथा प्रसारण हुने सामग्री नियमन गर्ने र दुरुपयोग गर्ने व्यक्तिहरू पत्ता लगाइ कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने उनले जनाए।
उनले जारी गरेको विज्ञप्तिमा टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउनेबारे नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयका प्रतिनिधिबीच छलफल भएको उल्लेख छ।
“जिम्मेवार नागरिकको रूपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।
टिकटक लगायतका सामाजिक सञ्जाल व्यक्ति तथा सामाजिक जीवनको अभिन्न अंग बनेको उल्लेख गर्दै यसको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुराको जानकारी लिन सकिने र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउने मन्त्रालयको जिकिर छ।
तर सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्रहत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने जातीय भाषिक धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गरेको भन्दै मन्त्रालयले सचेत रहन पनि भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
