गृह मन्त्रालयले जाजरकोट भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ।
काठमाडौँ– गृह मन्त्रालयले जाजरकोट भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरू उपचारपछि घर फर्कन थालेका बताए।
प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ। जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ तथा रूकुमपश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको हो। घाइते २५६ मध्ये १४६ जना उपचारपछि घर फर्किएका छन्। ११० जना उपचाररत छन्। उनीहरूको काठमाडौँ, बाँके, सुर्खेतलगायतका अस्पतालमा उपचार भइरहेको छ।
९१० घर पूर्ण क्षति
प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोट भूकम्पमा अहिलेसम्म ९१० वटा घरमा पूर्ण क्षति भएको छ। दुई हजार ८६१ घरमा आंशिक क्षति भएको छ।
शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ६.४ भ्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकुमपश्चिम जिल्ला बढी प्रभावित भएका छन्।
घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने
नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरूका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ।
सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ। निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरूलाई नेपालगन्ज र काठमाडौँसम्म उद्धार गरेको थियो।
राहत कोष स्थापना
पर्यटन क्षेत्रका अगुवा संस्थाहरूले भूकम्पपीडितको सहयोगका लागि राहत कोष स्थापना गरेका छन्। होटल संघ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वर्ल्ड टुरिजम नेटवर्क नेपाल च्याप्टरलगायत संस्थाले कोष स्थापना गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
