यस्तो छ सोमबारको माैसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ। 

काठमाडाैँ– हाल देशको पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। 

सोमबार दिउँसो पनि माैसम सामान्यतया सफा नै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। तर, पहाडी भेगका  एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ। 

राति देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।