भूकम्पपीडितलाई नागरिक उड्डयन प्राधिकरणकाे १ करोड रुपैयाँ सहयोग

प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

काठमाडौँ– नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले भूकम्पपीडितलाई एक करोड रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।

जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोगस्वरूप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने आइतबार निर्णय गरेको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए। 

भूकम्पपीडितलाई सहयोगस्वरूप एक करोड सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ।