यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ।
हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले आइतबार जनाएको छ। ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले सीबीएस न्यूजसँग कुरा गर्दै हालैका दिनहरूमा गरिएको उद्धार ‘यस द्वन्द्वसँग सम्बन्धित सबै पक्षसँग गहन वार्ताको परिणाम’ भएको बताएका छन्।
यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ। फिनरले भने, “गाजा छोड्न चाहने प्रत्येक अमेरिकीलाई उद्धार गरिनसक्दासम्म हामीले प्रमुख प्राथमिकताका साथ उद्धार प्रयासलाई जारी राख्नेछौँ।”
हप्ताैँको युद्धपछि गाजादेखि इजिप्टसम्मको राफा सीमा नाका बुधबारदेखि खुल्यो, जसले गर्दा घाइते प्यालेस्टिनी र दोहोरो नागरिकता भएका मानिसहरूलाई त्यहाँबाट बाहिर जान अनुमति दिइएको थियो।
इजिप्टले सात हजार विदेशीलाई त्यहाँबाट बाहिर निकाल्न सहयोग गर्ने बताएको छ तर हमासले शनिबार अबेर राति इजरायलले केही घाइते प्यालेस्टिनीलाई राफासम्म पुग्न नदिएसम्म दोहोरो नागरिकता भएका गाजाबासी र विदेशी नागरिकको उद्धार कार्य स्थगन गरिएको जनाएको छ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले हमासले आफ्ना लडाकुलाई गाजाबाट बाहिर निकाल्नका लागि अमेरिकी मध्यस्थतामा भएको सम्झौताको दुरुपयोग गरेको आरोप लगाएका छन्। अधिकारीका अनुसार हमासले उपलब्ध गराएको सूचीमा एक तिहाइ नाम प्यालेस्टिनीको रहेको र तीमध्ये एक तिहाइ नाम हमासका सदस्य र लडाकूको रहेको बताइएको छ।
ह्वाइट हाउसले बुधबार र बिहीबार करिब ८० जना अमेरिकी नागरिक र उनीहरूका परिवारका सदस्यले देश छोडेको बताएपछि आइतबार उद्धार गरिएका अमेरिकीहरूको पछिल्लो गणना आएको हो। गाजामा गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको रक्तपातपूर्ण आक्रमणबाट एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन्।
हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली बमबारीमा नौ हजार ७०० जनाको मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
