सिंगापुरका 'स्पीड क्युबर' डेरिल ट्यानले क्युब हलसम्बन्धी १२ वटा विश्व रेकर्ड बनाएका छन्।
सिंगापुरका एक 'स्पीड क्युबर'ले पानीमुनि सबैभन्दा कम समयमा रुबिक्स क्युब हल गरेर विश्व रेकर्ड बनाएका छन्। २१ वर्षीय स्पीड क्युबर डेरिल ट्यान होङ एनले पानीमुनि ३/३ को क्युबलाई ९.२९ सेकेन्डमा हल गरेर आफ्नो नाममा अर्को विश्व कीर्तिमान थपेका हुन्।
यसअघि उनले क्युबिक हलका लागि अचम्म-अचम्मका विश्व रेकर्ड कायम गरिसकेका छन्। टाउको तल खुट्टा माथि गरेर सबैभन्दा चाँडो रुबिक्स क्युब हल गर्ने कीर्तिमानी पनि उनको पोल्टामा छ।
एनसँग हाल १२ वटा गिनिज वर्ल्ड रेकर्ड छन्, जुन अन्य क्युबरको कीर्तिमानीभन्दा धेरै हो। यो वर्ष मात्रै उनले क्युबिक्समा पाँच विश्व कीर्तिमान बनाएका छन्। घुम्ने पजल क्युब हल गर्ने सबैभन्दा छिटो १०० मिटर ( १३.६१ सेकेन्ड), होभरबोर्डमा घुम्ने पजल क्युब हल गर्ने ( ९.३७ सेकेन्ड), पानीमुनि घुम्ने पजल क्युब हल गर्ने ( ९.२९ सेकेन्ड), टेबलटेनिसको बल नियन्त्रण गर्दै घुम्ने पजल क्युब हल गर्ने रेक्रड ( १५.८४ सेकेन्ड) कायम गरेका छन्।
यस्तै जगलिङ गर्दै बसैभन्दा छिटो (१०.३० सेकेन्ड) क्युब हल गरेको रेकर्ड पनि उनले आफ्नो हात पारेका छन्।
तर नियमित क्युब हल गर्ने रेकर्ड भने क्यालिफर्नियाका म्याक्स पार्कसँग छ। उनले ३.१३ सकेन्डमा क्युब हल गरेका थिए। जुन एनले ५.८८ सेकेन्डमा सकेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
