डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडाैँ– नक्कली नोट र फोटोकपी मेसिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरबाट नक्कली नोट र नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौँ डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले गुरूङलाई पक्राउ गरेको हो। उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसीको बट्टा ४ थान बरामद भएको छ।
उनीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
