राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न शुरू गरेको छ।
काठमाडौंँ– राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न शुरू गरेको छ।
आयोगले सोमबार मधेश प्रदेशसहितका ठाउँहरूमा छलफल गर्दैछ। आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार छलफलका लागि १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ।
कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको छ। सोह्रौँ योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेजमाथि छलफल, सुझाव, परिमार्जन र स्वीकृतिका लागि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठका संयोजकत्वमा समिति, सदस्यको संयोजकत्वमा क्षेत्रगत उपसमिति र महाशाखा प्रमुखका संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ।
प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रकोसमेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ। चालु १५औँ योजना यही आर्थिक वर्षसँगै समाप्त हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
