राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणका कार्यक्रम स्थगित गरेका छन्। उनी मंगलबार भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रुकुमपश्चिम जाने भएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ। प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गरेका हुन्।
विनाशकारी भूकम्पले विपत्ति निम्त्याएका बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटाली मुलुकको भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेसनोटमार्फत जानकारी दिएका छन्।
बिहीबार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको यी देशको भ्रमण स्वीकृत गरेको थियो। राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन जाँदै थिए। उनी सो कार्यक्रममा सहभागी हुन कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो।
बिग्रँदो पर्यावरणलाई कसरी अनुकूल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्बन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो।
कार्यक्रममा सहभागितापश्चात् जर्मनी र इटालीको भ्रमण गरेर मंसिर १ गते स्वदेश फिर्ता हुने गरी राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम सरकारले स्वीकृत गरेको थियो। उनको भ्रमणका क्रममा फ्रान्स, जर्मनी र इटलीका राष्ट्रपतिसँग तीन दशकपछि पहिलोपटक उच्चस्तरीय भेटवार्ताको कार्यक्रम पनि तय भएको थियो।
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय क्षतिका कारण देश शोकमा डुबेको अवस्थामा राष्ट्रपति विदेश भ्रमण जान उपयुक्त नहुने टिप्पणी भइरहेको थियो।
युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्ला पुगेर स्थानीयको अवस्था बुझ्ने भएका छन्। राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए।
भूकम्पमा परेर जाजरकोट र रूकुमपश्चिमका विभिन्न क्षेत्रमा १५७ जनाको मृत्यु भएको छ। करिब १०० जना घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भूकम्प प्रभावितलाई अत्यावश्यक राहत सामग्री पुर्याउने प्रक्रिया जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
