दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका म्याग्दीका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन् । त्यसमध्ये अधिकांशले टनेलमा तरकारी लगाएका छन्।
म्याग्दी– म्याग्दीका गाउँ टनेलमय बनेका छन्। ती टनेलभित्र लटरम्मै तरकारी फलेका छन्।
विभिन्न थरिका बेमौसमी तरकारी लगाइएको छ। गोलभेँडा सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन्। ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायत गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।
टनेलमा फलेका बेमौसमी गोलभेँडा सदरमुकाममा प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म बिक्री गरिरहेको बेनी–२ खबराका कृषक शोभित शर्मा सापकोटाले बताए। “तरकारी खेतीबाट राम्रै आम्दानी भइरहेको छ”, उनले भने, “एउटा टनेल राख्न ३० देखि ४० हजारसम्म खर्च हुन्छ।” एउटा टनेलबाट सिजनमा ५०–६० हजारसम्म आम्दानी हुने उनको भनाइ छ।
आर्गानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूलभन्दा ग्रामीण भेगका किसानले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ। पश्चिम म्याग्दीका कृषकको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बाबियाचौरका कृषक रामहरि पौडेलले बताए।
उत्तरी म्याग्दीका बजार पोखरेबगर, भुरुङ तातोपानी, गलेश्वर हुन्। ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार हो। “व्यापारीको पहिले नै माग आउँछ। गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइदिन्छु। बिक्री गर्न कुनै समस्या छैन”, पाँचवटा टनेलमा तरकारी खेती गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले भने।
जिल्लाका छवटै पालिकाले कृषकलाई अनुदानमा कृषि औजार र बीउबिजन दिन थालेपछि कृषिमा धेरैको आकर्षण बढेको बगरफाँटका भीमबहादुर रिजालले बताए। सदरमुकाम बेनीमा तराईका जिल्लाबाट यो सिजन बेमौसमी गोलभेँडालगायतका तरकारी आयात हुने गरेको छ। पछिल्लो समय जिल्लामा उत्पादन बढ्न थालेपछि आयात घट्दै गएको छ।
पालिकाका कृषि शाखाका अनुसार दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन्। उनीहरू आधुनिक प्रविधिको प्रयोग गरेर कृषिमा लागेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
