दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ।
विषाक्त धुवाँबाट राजधानीवासीलाई राहत दिने उद्देश्यले नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन चलाउन रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्।
तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको शुरूमा विषाक्त धुवाँले ढाक्दछ। छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो। नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ/हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ।
अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन। सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ।
दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिन पछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए। योजनाअन्तर्गत जोर र बिजोर नम्बर प्लेट भएका कारहरूलाई एक साताका लागि वैकल्पिक दिनमा यात्रा गर्न अनुमति दिइने छ। “दीपावलीपछि प्रदूषण अझ बढ्न सक्ने भएकाले यस्तो निर्णय लिइएको हो,” मन्त्री रायले भने। उनका अनुसार नोभेम्बर २० पछि स्थितिको समीक्षा गरिने छ।
आइक्यूएयरका अनुसार सोमबार सबैभन्दा खतरनाक पीएम२.५ कणहरूको स्तर १८४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ। विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको भन्दा यो करिब १२ गुणा धेरै हो। पीएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्न सक्ने अति सानो कण हो।
राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
