पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। दिउँसो पनि देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

तर, पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ।